किन यस्तो हुन्छ कि ११० बर्ष उमेर भएका विश्वका प्रत्येक १० मध्ये ९ जना महिलाहरू हुन्छन ?
के मादा र नर जनावारहरुमा पनि आयुमा भन्तर हुन्छ ? यदि जनावर वा मानिसमा नर र मादा हुदैमा उमेरमा भिन्नता हुन्छ भने यस्तो किन हुन्छ ? किन महिलाहरू पुरुषहरू भन्दा लामो समयसम्म बाँच्दछन् ?

यस्तै प्रश्नहरूको उत्तर खोज्ने अनुसन्धानकर्ताहरूको टोलीको एक अनुसन्धान नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित भएको छ । अनुसन्धानमा बताइए छ कि जबदेखि मानव जन्मको अभिलेख राख्ने चलन शुरु भयो, त्यसबेलादेखि नै महिला र पुरुषको आयु बिचका भिन्नता छ । एक अनुमानका अनुसार, जनावरहरूमा पनि मानिसहरुमा जस्तै नर र मादा विच आयुमा भिन्नता देखीएको छ ।

उक्त विषयलाइलीएर १०१ प्रजातिका जनावरहरू विचकोे अनुसन्धानका क्रममा सोध कर्ताहरुले ६० प्रतिसत जनावारहरुमा नरको आयु भन्दा मादा जनावारको आयु बढिहुने गरेको भेटीएको बताएका छन् ।
सोधमा मादा जनावारको औसत आयु नरको भन्दा १८.६ प्रतिशत बढी पाइएको जनाएका छन ।

के पुरुष र महिला जनावरहरूको उमेर पनि फरक छ ?
लियोन विश्वविद्यालयका डाक्टर जोन फ्रान्सियोइस लामेटर भन्छन् कि जनावरहरूमा उने उमेरको भिन्नता त्यहाँ हुने वातावरण र उनिहरुमा हुने लिंगमा आनुवंशिक भिन्नताका कारणले हुने गर्द छ । उनि थप्छन् केहि समय अगाडी भएको अनुसन्धानले पनि त्ययही कुरा प्रमाणित गरेको छ । खोजका अनुसार नर र मादा विच हुने आनुवंशिक भिन्नताले महत्वपूर्ण भुमीका खेल्दछ ।
नर र मादामा हुने कोषहरुमा क्रोमोजमहरुको भिन्नता रहने गर्द छ ।

जसमा नरमा X,Y क्रोमोजम हुने गर्द छ, भने मादामा X,X क्रोमोजम हुन्छ । मानिसमा पनि पुरुषमा मा X,Y क्रोमोजम र महिलामा X,X क्रोमोजम हुन्छ । X क्रोमोजमले महिला वा भनै मादाहरुलाई खतरनाक परिवर्तनहरूमा विरूद्ध सुरक्षा प्रदान गर्ने गर्द छ ।

यसकारण डाक्टर लामेटर विश्वास गर्दछ कि पुरष र महिलाको आयुमा भिन्नताको प्रमुख कारण भनेको वातावरण र उनिहरुमा हुने क्रोमोजम नै हो । उनी दाबी गर्छन कि X,X वा X,Y क्रोमोजोमको चक्रमा, महिलाहरुको आयु बढी हुने गर्द छ ।