काठमाडौं सरकारले विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गदैं चीनबाट ल्याएको टेष्ट किट ततकाल प्रयोग नगर्न सरोकारवालालाई आगैह गरेको छ ।  स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले बताएका छन् ।

सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर गत आइतबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री ल्याएको थियो । उक्त सामाग्री प्रत्येक प्रदेशमा पु¥याएर सम्बन्धि स्थानीय तहका स्वास्थ्य संस्थामा वितरण गरिसेको छ ।
बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भइरहेको बेला उक्त उपकरण कमसलसमेत भएको बताइएको छ ।

७५ हजार थान र्‍यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको छ । सरकारले ओम्नी समूहलाई कालोसूचीमा राख्न आग्रह गर्ने निर्णय समेत भएको बताइएको छ । सरकारले पुनः खरिद प्रकृया शुरु गर्ने भएको छ ।