विराटनगर । प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५४ जनाको नमूना संकलन भएको छ ।
 
प्रदेशका विभिन्न अस्पतालहरुबाट आज सम्म ५४ जनाको नमूना संकलन भएको हो । नमूना संकलन गरिएका मध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए । उनका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, ते¥हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमूना संकलन भएको छ । प्रदेश नं. १ बाट आज ८ जनाको नमूना संकलन गरिएको छ ।
 
मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ जनाको नमूना संकलन गरिएको प्रवक्ता डा. मेहताले बताए । सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण शुरु भएपछि रिपोर्ट आउन छिटो भएको उनले बताए ।  डा. मेहताका अनुसार प्रदेशभरिमा आज सम्म कोरोना भाईरसका शंकास्पद १ सय १९ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन् ।
 
जसमा सुनसरीबाट १ सय ६, मोरङ र झापाबाट ५-५ जना रहेका छन् । आजसम्म आईसोलेसनमा ३ पुरुष सहित ९ जना विरामी भर्ना भएका छन् । ओखलढुङ्गा, उदयपुर र पाँचथर २-२ जना महिला र सोलुखुम्वु, पाँचथर र ताप्लेजुङबाट १-१ जना पुरुष आईसोलेसनमा भर्ना भएका हुन ।
 
प्रदेश नं. १ का ४३ अस्पतालले ३ सय ८५ आईसोलेसन वेड तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताए । उनका अनुसार प्रदेशभरमा ३ सय ६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् ।
Covid_19_Update_207612191