भण्टाबारी । भारतको दिल्लीको धार्मिक सभामा सहभागी भएका सुनसरीका ६ जना  भन्ने समाचारले बुधबार दिनभरी जिल्लावासीमा तनाव भयो । अनलाइनहरुमा उनीहरुको पहिचान भएर क्वारेन्टाइनमा बसेको भन्नेसम्म समाचारहरुआएका थिए ।
तर उक्त खवर सत्य नभएको सुनसरी प्रहरीले दावी गरेको छ ।

भारतको दिल्लीबाट कुनै धार्मिक वा अरु कुनै कार्यक्रममा सहभागी भएर कोही व्यक्ति हिजोअस्ति आएको खबर गलत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डीएसपी बिनोद शर्मा बताउँछन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी रहेको लकडाउनकै अवधिमा दिल्लीको निजामुद्दिन क्षेत्रबाट तबलिगि ए जमात कार्यक्रममा सहभागी भएर नेपालबाट उक्त कार्यक्रममा सहभागी भएका १९ जनामध्ये केही व्यक्ति सुनसरी सदरमुकाम इनरुवासम्म आएको भनी सम्प्रेषण गरिएको समाचार गलत भएको सुनसरी प्रहरीको भनाइ छ । लकडाउन कडाइका साथ कार्यान्वयन गराउन सुनसरी प्रहरी सक्रिय रहेको बताउदै डिएसपी शर्माले दिल्लीबाट कुनै धार्मिक कार्यक्रममा सहभागी वा अन्य कोही व्यक्ति सुनसरीका नभएको र कोही नआएको बताएका छन् ।
क्वारेन्टाइनमा राखिएका व्यक्ति अन्यत्रैबाट आएका थिए

भारतको दिल्लीमा भएको मुस्लिम धार्मिक सभामा सहभागी भएका १९ जनामध्ये ६ जनानेपाली मात्रै सम्पर्कमा आएको भनिए पनि ति ६ जना व्यक्तिहरु दिल्लीबाट नभई बिहारको एक स्थानबाट आएको पुष्टि भएको छ । मुस्लिम संघ नेपाल प्रदेश नम्बर १ का अध्यक्ष हाजी डाक्टर इस्राइल मन्सुरीका अनुसार ६ जना व्यक्ति दिल्लीबाट धार्मिक सम्मेलनमा सहभागी भएर आएको दाबी गरिए पनि तिनीहरु बिहारको एकहथा भन्ने स्थानबाट सप्तरीको बेलही नाका हुँदै नेपाल प्रवेश गरेका हुन ।

केही महिनाअघि सप्तरीको बोदेबर्साइन नगरपालिकास्थित जाजरमा भएको मुस्लिम समुदायको इज्तेमाबाट जमात (तालिम)मा निस्केका उनीहरू कोरोना संक्रमण बढेपछि चारदिनअघि नेपाल प्रवेश गरेका थिए । १० जनाको समूह बनाएर इज्तेमाबाट बिहार क्षेत्रमा जमातमा हिडेकामध्ये ९ जना क्वारेन्टाइनमा छन् । बोदेबर्साइन नगरपालिकाको क्वारेन्टाइनमा हाल सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका वार्ड नम्बर ६ का ७६ वर्षका इद्रीस मिया, वार्ड नम्बर ८ का १९ वर्षका सुलेमान मिया,सोही वार्डका १९ वर्षका सलमान मिया, वार्ड नम्बर ५ का १५ वर्षका अस्लम मिया, ४५ वर्षका समिम मिया र २४ वर्षका हफिज मिया रहेका छन् । उनीहरूसँगै जमातमा निस्केका सप्तरीको बोदेबर्साइन नगरपालिका ५ का ५० वर्षका तजमुल मिया र सोही स्थानका १८ वर्षका महम्मद मुम्ताज मिया तथा सिरहा जिल्ला रमौल बस्ने २८ वर्षका महम्मद शेखर अहमद पछिल्लो चारदिनयता क्वारेन्टाइन रहेको अदालत मन्सुरीले बताए ।

उनीहरू सबैको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको बताइएको छ । उनीहरूसँगै भएका एकजना अझैसम्म सम्पर्कमा आएका छैनन् । सम्पर्क न आएका व्यक्ति सुनसरीका नभएको मन्सुरीको दाबी छ ।