धरान । लकडाउनको समयमा गाडीमा तरकारी बिक्री गर्दै हिंडने ब्यापारीहरुलाई धरान १५ भानुमार्ग लक्ष्मी टोलका जनताले कालाबजारी गरेको भन्दै आइन्दा अन्त पनि यसो नगर्न सुझाएका छन् ।

लक्ष्मी टोल निवासी दिलु कटवालले अदुवा लिन खोज्दा रु १६० भनेपछि अनि गाडीको अगाडीको ढोकामा टासेको मूल्यसूचीमा रु १४० मात्रै लेखेको छ भनेर प्रश्न गर्दा गाडि लिएर तरकारी बिक्री गर्न आएकाहरूले गाडीको पछाडी त टासेको छैन नि त भन्ने जवाफ दिएपछि ब्यापारी र स्थानिय विच  झगडा  उत्पन्न हुने परिस्थितीकाे सिर्जना भएकाे थियाे । 

दिलु कटवाल भन्छिन् ‘ राम्रै मुखले सोद्धा पनि झर्केर लिए लिनुस, नलिए नलिनुस , यही हो रेट पो भन्छ ।’
टोलकै अग्रज अमरबहादुर कार्कीका अनुसार झगडा बढ्दै गएपछि मानिसहरु जम्मा हुने क्रम बढदै जाँदा हातपातसम्म हुनसक्ने भएकाले उनीहरुलाई त्यहाँबाट भगाएको बताए ।

समितिले ताेकेकाे रेट भन्दा  बढि लिएकाे पाइए कार्वाही हुने धरान उपमहानगरपालिकाकी उपमेयर तथा बजार अनुगमन समितिकी संयाेजक मञ्जु भण्डारीले जानकारी दिइन ।