धरान / यतिबेला विश्व संक्रमणले ग्रस्थ छ । कोरोना महामारीले मावन जातीले लोप हुने हो की भन्ने चिन्ता देखिएको छ । विश्वका धेरै मुलुकहरुमा महामारी नियन्त्रणका लागि लकडाउन जारी गरिएको छ । नेपालमा पनि चैत ११ गतेदेखि लकडाउन जारी छ । लकडाउनमा अप्ठ्यारोमा परेका नागरिकको गाँस वासँ र कपासका लागि सरकारी तथा नीजी तवरबाट पनि पहल कदमीहरु पनि भइरहेका छन् ।
यति बेला राहत वितरण र कोरोना महामारीबाट बच्न आवश्यक सामाग्री जस्तै माक्स, ग्लोब्स, सेनिटाइजर, खाद्यन्नलगायतका सामान वितरण भइरहेका छन् ।
यि वितरण गर्ने संस्था तथा व्यक्तिहरु कोही निस्वार्थ रुपमा लागि परेका छन् । भने कोही देखाउनलाई तस्विर खिचेर फेसबुकमा हाल्नलाई पनि वितरण गरिरहका छन् ।
धरानका एकजना युवा भने चैत पहिलो हप्तादेखि यस्ता सामाग्री वितरणमा एक्लै लागे पनि प्रचार गर्न चाहदैंनन् । उनी भन्छन्–‘यो मानविय सेवा हो किन प्रचार गर्नु । मैले गरेको सेवा भगवानले देख्छन् । अरुलाई किन देखाउनु ।’ ठूलो भीडभाड बनाएर सानो सहयोग गरेको फोटो खिचेर फेसबुकमा हतपत्त सार्वजनिक गर्ने जमात बढि रहेका बेला उनले भने भिन्न स्वाभाव देखाए ।

राई जो यस्ता सामाग्री अभावमा त्यतिकै ड्युटी गर्न बाध्य छन् उनीहरुलाइै प्राथमिकतामा राखेर सहयोग गरेको बताउछन् । उनी दिदैं गरेको र लिदैं गरेको तस्विर खिच्न मान्दैैनन् । ‘एक हजार सहयोग गरेर एक लाखको प्रचार त्यो लिने व्यक्तिको मानमर्दन हो भन्ने मलाई लाग्छ ।

उनी हुन धरान–१८ का दिवश राई । नेकपा धरान उपमहानगर कमिटी सदस्य तथा युवा सह–इञ्चार्ज राई एक्लै तल्लो तहका व्यक्तिहरुको कार्यस्थल,घरमा पुगेर माक्स, ग्लोब्स, सेनिटाइजरजस्ता सामाग्री वितरण गरिरहेका छन् । नगरपालिकाका सफाई मजदुर, इलाका, वडा, तथा संघीय प्रहर िइकाईका प्रहरी जवानहरु, सशस्त्र प्रहरी जवानहरु, निर्माण क्षेत्रमा काम गर्ने मजदुर, डिपार्टमेन्ट स्टोरमा काम गर्ने मजदुरहरु, वीपी प्रतिष्ठानमा कार्यरत सुरक्षा मजदुरहरुलगायतलाई उनले व्यक्तिगत सुरक्षाका सामाग्री वितरण गरेका छन् ।
५ सय प्रति पेपर माक्स, ६० प्याकेट ग्लोब्स्, ६ सय लिटर सेनिटाइजर आफ्नै व्यक्तिगत खर्चबाट वितरण गरेको राईले बताए । निर्माण व्यवसायी ठेकेदार संघका नगर अध्यक्ष समेत रहेका राई जो यस्ता सामाग्री अभावमा त्यतिकै ड्युटी गर्न बाध्य छन् उनीहरुलाइै प्राथमिकतामा राखेर सहयोग गरेको बताउछन् । उनी दिदैं गरेको र लिदैं गरेको तस्विर खिच्न मान्दैैनन् । ‘एक हजार सहयोग गरेर एक लाखको प्रचार त्यो लिने व्यक्तिको मानमर्दन हो भन्ने मलाई लाग्छ । मेरा तस्विरसहितको सहयोग गरेको नछापि दिनु होला ।’– केही दिन अगाडी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुल गेट अगाडी सुरक्षा मजदुरलाई माक्स, ग्लोब्स र सेनिटाइजर वितरण गदैंगर्दा भेटिएका राईले भने–‘ मेरो सहयोग कुनै प्रचारका लागि होइन ।’ आफ्नाे अभियानमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई र प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवाडले सहयोग गरेको उनले बताएका छन् ।