धरान । धेरैलाई लाग्दो हो, सुविधा सम्पन्न देशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) को अभाव छैन । तर, बेलायतका अधिकांस अस्पतालमा पीपीइको अभाव भएकोबारे स्वास्थ्यकर्मीहरूले मुख खोलेका छन् ।

बेलायतका स्वास्थ्यकर्मीले प्लाष्टिकको पीपीइ बनाएर अहिले प्रयोग गरिरहेका छन् । मिडल्याण्डस्का एक चिकित्सकले यसविषयमा मुख खोले पनि सरकारले मिडियासँग मुख नखोल्न भनेपछि बेलायतकै मिडिया बीबीसीले उक्त चिकित्सकको नाम गोप्य राखेको छ । नाम परिवर्तन गरिएकी डा. रोबट्र्सले कोरोनाबाट संक्रमितले भरिएको एक अस्पतालको सघन उपचार कक्षमा शल्यक्रियाका सबै केसहरू सारिएको उल्लेख गरिएको छ ।

अस्पतालमा पर्याप्त कर्मचारी नभएको, सघन उपचारका लागि शैøयाको अभाव र सामान्य एन्टिबायोटिक्स औषधि र भेन्टिलेटरको पनि समस्या रहेको उनले जनाएकी छन् । हरेक दिन दैनिक १३ घण्टा सिकिस्त बिरामीहरू हेरिरहेकाहरूले पीपीइ अभावमा प्लाष्टिकका फोहोर राख्ने झोलालाई नै प्रयोग गरिरहेका हुन् ।