बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई १० दिनसम्म आएको ज्वरोको कारण अस्पताल भर्ना गरिएको छ । तर नम्बर १० डाउनिङ्ग स्ट्रिट ( प्रधानमन्त्री कार्यालय ) ले भने पूर्व सतर्कताका लागि भर्ना गरिएको बताएको छ ।
जोनसन आइसोलेसनमा भए लगत्तै उनमा देखिएको लक्षणका कारण लण्डनको एक अस्पतालमा भर्ना गरिएको थियो । तथापी गत हप्ता नम्बर १० डाउन स्ट्रिट ( प्रधानमन्त्री कार्यालय )ले भने दाबी गरेको भन्दा उनी गम्भीर विरामी नभएको बताएको थियो ।
डाउनिङ्ग स्ट्रिटका प्रवक्ताले भने ‘ डाक्टरको सल्लाह अनुसार परीक्षणका लागि प्रधानमन्त्रीलाई भर्ना गरिएको हो । यो पूर्वसतर्कताको पहल हो , प्रधानमन्त्रीमा कोरोना भाइरसको जस्तो लक्षण लगातार रुपमा देखिएको १० दिनपछि परीक्षण गर्दा भाइरस पोजिटिभ देखिएको हो । ’ प्रवक्ताले भने जोनसन आवश्यकता अनुसार अस्पताल बस्नेछन् ।
अधिकारीहरु भने यो इमर्जेन्सी भर्ना होइन भन्ने कुरामा जोड दिंदै जोनसन सरकारको प्रमुख भएकाले नागरिक र सहकर्मीहरुसँग जोडिई राख्नेछन् भनी उल्लेख गरेका छन् ।
यदी उनको अवस्था अझै गम्भीर भयो भने बेलायतका विदेश सचिव तथा मुख्य सचिव डोमिनिक राबलाई प्रधानमन्त्रीको कामको जिम्मेवारी दिइने छ । राब सोमबार विहान सम्भवत विहान ९.१५ बजे कार्यभार सम्हाल्ने छन् ।
आइतबार विहानको समयमा प्रधानमन्त्रीको विमारको अवस्था कस्तो छ भनै स्वास्थ्य सचिव माट हानककलाई सोधिएको प्रश्नको उत्तर दिंदै उनले ‘ उनी ठीक छन्, उनीसँग म दिनहु नै कुरा गरिरहेको छु । तर उनको तापक्रम अझै पनि उस्तै न छ । ’
हानकक आफै पनि कोरोना भाइरस पोजिटिभ देखिएपछि आइसोलेशन पश्चात आएका हुन् , तथापी उनमा देखिएको संक्रमणको स्तर सामान्य ( सुरुवाती ) थियो ।
जोनसनका साथी क्यारी सिमण्डस जो गर्भवती छिन उनी पनि कोरोनाको संक्रमण भई निको भएको आइतबार खुल्न आएको छ ।
डाउनिङ्ग स्ट्रिटले भने कुन परीक्षणको लागि उनलाई अस्पताल भर्ना गरिएको भनेर बताएको छैन, विज्ञहरु जोनसनको फोक्सो, मुटु र अरु अंगले भाइरसप्रति कस्तो प्रतिक्रिया देखाइरहेको छ भन्ने कुरामा आफूहरु केन्द्रित भइरहेको बताउँछन् ।
लेबर नेता केइर स्टारमरले ट्वीट गर्दै जोनसनको स्थास्थ्यलाभको कामना गरेका छन् । उनी लेख्छन् ‘ प्रधानमन्त्रीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । ’
त्यसैगरी पूर्व स्वास्थ्य सचिव जेरेमी हण्टले जो कन्जरभेटिभ पार्टीका तर्फबाट पोहोरका प्रतिद्वन्द्वी पनि हुन , ट्वीटरमा भन्छन् ‘ राजनीतिक अवस्था जस्तोसुकै भएपनि प्रधानमन्त्री छिट्टो र पूर्ण रुपमा निको भएको हेर्न हामी सम्पूर्ण बेलायती नागरिकहरु एकजुट भएर पर्खिरहेका छौं ।

कोरोना संक्रमणका कारण मृत्युहुनेहरु मध्यकी एक बेलायतकी राजकुमारी एलेक्जान्ड्राकी पहिली महिला सुसारे ( धाई) लिनसे कोभेन्ट्रिको पनि ५४ वर्षको उमेरमा एसेक्सको हार्लो अस्पतालमा मृत्यु भएको थियो । स्रोत द गार्जियन ’