धरान । सरकारले अझै एक साता लकडाउन बढाउने तयारी थालेको छ ।

चैत ११ गतेदेखि शुरु भएको लकडाउन चैत १८ गतेसम्म जारी राखेको थियो । पुनः एक साता बढाएर चैत २५ गतेसम्म लकडाउन जारी राखेको छ । लकडाउन लम्ब्याउनेलगायतका विषयमा आज अपराह्न ४ बजे बालुवाटामा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

उक्त बैठकले नै लकडाउन बढाउने÷नबढाउने विषयमा छलफल गर्नेछ । नेपालमा हालसम्म ९ जना कोरोनाभाइरसबाट संक्रमति बनिसकेका छन् । स्थानीय स्तरमा पनि एक जना महिलामा कोरोनाको संक्रमण देखिएपछि सरकार थप चिन्तित बनेको छ । सरकारले कम्तीमा पनि एक साता लकडाउन बढाउने तयारी गर्ने भएको छ ।

सरकारले अप्रिल १५ तारिखसम्म अन्तर्राष्ट्रिय उडान स्थागित गरेको छ । त्यो हिसाबले पनि लकडाउनलाई निरन्तर नै दिन लागेको स्रोत बताउँछ ।