Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /स्वास्थ्य
स्वास्थ्य

के गर्दैंछन् हाम्रा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

यस्ताे छ स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे दैनिकी

श शरद शर्मा / /रासस चैत २४, २०७६ ४ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
के गर्दैंछन् हाम्रा स्वास्थ्यमन्त्री  भानुभक्त ढकाल
 
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेको आज चौधौँ (१४) दिन हो । लकडाउनको १४औँ दिन पुग्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको पनि दैनिकी बद्लिएको छ ।
अरू कार्यालयहरू प्राय बन्द छन् । उनी भने मन्त्रालयमा गएर त्यहाँका कर्मचारीसँग छलफल गर्ने मात्र नभएर कोभिड–१९ नियन्त्रणका लागि के गर्न सकिन्छ, त्यसमा स्वास्थ्यविज्ञसँग निरन्तर छलफलमा केन्द्रित हुने गरेको छ । बिहानदेखि रातिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर सरोकारवाला मन्त्री तथा चिकित्सक र स्वास्थ्यकर्मीसँग कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अपनाइने विभिन्न विषयमा नियमित संवादमा हुन्छन् । 
मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ को नियन्त्रण तथा प्रतिकार्यका लागि बनेको सङ्कट व्यवस्थापन समितिको सदस्यका रुपमा रहेका छन् । ती समितिको बैठकमा पनि उनी अनिवार्य सहभागी भएर कोभिड–१९ को न्यूनीरकण तथा नियन्त्रणका लागि सरकारले चाल्नु पर्ने कदमबारे छलफल गर्छन् । 
विभागीय मन्त्री भएकाले पनि उनको जिम्मेवारी अहिले बढेकाले पनि उनी अहिले बढी खट्ने उनका स्वकीय सचिव भुवन खतिवडाले जानकारी दिए । “लकडाउन भएपछि उहाँको दैनिकी फेरिएको छ”, मन्त्री ढकालको भतिजा सौगात ढकालले भने ।  “बिहानदेखि साँझसम्म कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आयोजित बैठकमा व्यस्त हुुनुहन्छ ।” लकडाउनसँगै उनको दैनिकमा आएको परिवर्तनले उनको साँझको खाने र सुत्ने समय निश्चित छैन । बिहान भने सधैँ ८ बजे खाना खानुहुन्छ । “बिहानको खाना भने समयमा नै खानुहुन्छ । त्यसपछि दिउँसो खाजा र रातिको खानाको निश्चित हुँदैन”, उनका भतिजा ढकालले भने ।  “मन्त्री निवास पुगेपछि सबैसँग फोन संवाद गर्दा उहाँको रातिको १२ बज्छ । त्यसपछि मात्र सुत्नुहुन्छ ।” राति सुत्नुभन्दा अगाडि कोभिड–१९ का सन्दर्भमा सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रिया हेर्छन। मन्त्री ढकालले अचेल साढे ८ देखि ९ बजेको बीचमा मन्त्रालय पुगिसक्छन । बिहान मन्त्रालय पुगेपछि सचिव यादव कोइराला विभागी प्रमुख, आफ्ना सचिवालयका सदस्य र चिकित्सकसँगको छलफलमा एक छिन ब्रिफिङ सुनेर सिंहदरबारमा हुने महत्वपूर्ण बैठकमा सहभागी हुने गरेका छन । आकस्मिक बैठकबाहेक उनी मन्त्रालयमा नै रहन्छन । । मन्त्रालयमा बस्दा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, चिकित्सक तथा सञ्चरकर्मीसँग व्यस्त हुनुपरेको स्वकीय सचिव खतिवडाले बताएइ ।
 
नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले पनि मन्त्री ढकाललाई थप चुनौती थपिएको छ । विदेशबाट आएकाबाट केही दिनअघि एक जनामा सङ्क्रमण (सोसल ट्रान्समिसन) भेटिएपछि उनले अब कसरी यसलाई रोक्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर लाग्नुभएको मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले बताए । “अहिले उहाँको कसैसँग पनि राजनीतिक कुरा हुँदैन”, खितवडाले भने ।  “कसरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सकिन्छ भनेर मात्र उहाँको ध्यान केन्द्रित भएको छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर फोन संवाद र आवश्यक परे प्रधानमन्त्री निवास बालुवाटारमा समेत उहाँ जाने गर्छन । उनको दैनिकजसो बैठकबाहेक दिनमा एकपटक कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट्छन भने दिनमा आवश्यकताअनुसार उहाँसँग फोनमा पनि संवादमा हुन्छन् । 
यसैगरी उनी अर्थ एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा, गृहमन्त्री रामवहादुर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग पनि नियमित समन्वय र सम्पर्कमा रहन्छन । दिनभरीको व्यस्ततापछि राति ९ बजेतिर मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेका विभिन्न समितिका संयोजकसँग व्रिफिङ सुन्छन । 
वैदेशिक समन्वय, आपूर्ति व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, सूचना व्यवस्थापन, कर्मचारी व्यवस्थापनका संयोजकसँग भएका दैनिक प्रगतिबारे उनले आफैं फोन गरेर व्रिफिङ लिने गरेका छन ।  मन्त्री ढकालले मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइराला, मेडिकल सुपरिटेन्डेन्ट डा गुणराज लोहनीसँग पनि नियमित छलफलमा हुन्छन् । यसैगरी आज पनि सोमबार लकडाउनका १४औ दिन उनी बिहान ९ बजे नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।
त्यो कार्यक्रम सकिएलगत्तै उनी शुक्रबार र आइतबार कोरोना हब अस्पतालका लागि तोकिएका छ वटा अस्पतालको अनुगमन प्रगतिका बारेमा विफ्रिङ लिए ।
त्यसपछि मन्त्री ढकालले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा १०ः३० बजे सिंहदरबार पुगे । समितिको बैठक सकेर पुनःरक्षामन्त्रालयमा औषधिजन्य खरिदबारे रक्षामन्त्री पोखरेलसँग अर्को बैठकमा सहभागी भए । मन्त्री ढकालले त्यो बैठक सकेर पुनःप्रधानमन्त्री निवास बालुवाटारमा २ बजे मन्त्रिपरिषद् बैठकमा सहभागी भए ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
कार्तिक १, २०८३
प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
असोज ३०, २०८३
महिनादिनमा ५२९२ किलो गाँजा बरामद
असोज ३०, २०८३
छापा संस्करण [ePaper]
  1. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  2. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  3. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  4. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  5. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  6. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  7. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  8. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  9. आजको राशिफलः २०८३ साल असोज ३० गते शुक्रबार
    असोज ३०, २०८३
  10. धरानमा जुवाजन्य खेल खेल्न नपाइने
    असोज २९, २०८३
  11. कोशीका पाँच जिल्लाका १८ विद्यालय छनोट
    असोज २९, २०८३
  12. पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन
    असोज २९, २०८३
  13. उदयपुरमा बस दुर्घटना: एकको मृत्यु, १६ जना घाइते
    असोज २९, २०८३
  14. ट्रकको ठक्करबाट धरानको भोटपुलमा एक युवाको घटनास्थलमै मृत्यु
    असोज २९, २०८३
  15. अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि
    असोज २९, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड