धरान । सरकारले वैशाख ३ गतेसम्मका लागि लकडाउन अवधि थप गरेको छ ।

सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि लम्ब्याउने गरी निर्णय गरेको हो । यसअघि चैत ११ गतेबाट लकडाउन शुरु गरिएकोमा चैत १८ गते पुनः थप गरेको थियो ।

कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि सरकारले बाध्य भएर लकडाउन बढाउन लागेको हो । नेपालमा कोरोनाबाट ९ जना संक्रमित भएका छन् । जसमध्ये अधिकांस विदेशबाट आउनेहरू थिए भने शनिबार एक्कासी समुदाय स्तरमा पनि पहिलो पटक संक्रमित भेटिएपछि सरकार थप त्रस्त बनेको छ ।

लकडाउनमा अन्तर्राष्टि विमानहरू पनि उडान ठप्प पारिएका छन् । अप्रिल १५ सम्मका लागि उठान ठप्प छन् । नेपालमा हालसम्म ९ जना भेटिएकामध्ये एक जना उपचारपछि ठीक भएर घर फर्किएका छन् भने अन्यको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाउँदै आइरहेको छ ।