यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाको क्वारेन्टाइनमा थप १२ जना राखिएको छ । २ महिला सहित १२ जनालाई शनिबार गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको हो । बिभिन्न जिल्लाबाट गाउँपालिका प्रबेश गर्ने सबैलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कर्मी सेमिक लावतीले बताए ।

उनिहरु झापा, मोरङ, सुनसरी र संखुवासभाबाट गाउँपालिका प्रबेश गरेका थिए । गाउँपालिका भित्र प्रबेश गर्ने नागरिकको खोजी भइरहेकाले यो संख्या बढ्न सक्ने लावतीको भनाइ छ ।

सरकारले कल डाउनलाई थप कडाइ गरेपछि नागरिकहरु पैदल हिडेरै बिभिन्न जिल्लाबाट गाउँपालिका प्रवेश गर्ने गरेका छन । यस अघि पनि १३ जना सोही क्वारेन्टाइनमा राखिएको थियो । उनिहरु सबैको कोरना परिक्षण नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाईसकेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जनाए ।

एक जिल्ला बाट अर्को जिल्लामा आवत जावत गर्ने माथी सरकारले कडाइ गरेको छ । जस्ले गर्दा बिभिन्न जिल्लाबाट गाउँपालिका प्रबेश गर्ने नागरिकलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य परिक्षण गर्ने गाउँपालिकाले जनाएको छ ।