उदयपुर । उदयपुरको एक क्वारेन्टाइनमा श्रीमतिसँगै   वसेका एक युवाले गतराती झुण्डिएर आत्महत्या गरेको छ । रौतामाई गाउपालिका–७ गुराँसे निबासी १८ वर्षिय सुमन विकले आत्महत्या गरेको प्रहरीले जनाएको हो ।

रौगापा–७ राजावास स्थित जनता क्याम्पसको क्वारेन्टाईनमा उक्त दम्पतिलाई छुट्टै कोठामा राखिएको थियो । काठमाडौबाट गाउँ फर्किएका दम्पतिलाई गत ११ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । राती श्रीमती निदाएको बेला विकले श्रीमतीकै सलमा झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याई सकेको प्रहरिले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलेको छैन भने घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।