धरान / नेपालको भौगोलिक अखण्डता, एकता र सार्वभौमसत्ताको पक्षमा अभूतपूर्व राष्ट्रिय सहमति जुटाउदैंं आज नयाँ निशाल छापसहितको संविधान संशोधन विधेयक प्रतिनीधिसभाबाट पारित गरिने भए पछि नेकपा धरानले खुशियालीमा आज साँझ धरानमा दीपावली गर्ने भएको छ ।
आज १ बजेदेखि प्रतिनीधि सभा बैठकबाट नयाँ निशाल छापसहित संविधान संशोधन भए पछि विगत ५८ बर्षदेखि अतिक्रमित नेपालको भूभाग समावेश गरी नयाँ निशान छाप सहितको नेपालको नयाँ नक्सा कायम हुदैं छ ।
नेपालको नयाँ भूभाग सहितको नक्सा पारित हुने भएकोले बेलुका ५ बजे भानुचौकमा दिप प्रज्वलन् कार्यक्रम राखिएको नेकपा धरान उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।