ब्लाष्टखबर । ईनरुवा नगरपालिकाकाे ३ नम्बर वडा स्थित महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन ।

 पक्राउ पर्नेमा ईनरुवा-१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका छन । चेकजाच गर्ने क्रममा को १० प १९९ नम्बरको मोटरसाईकलमा सवार उनिहरूकाे साथबाट  लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलेक्स डिसी-१० बोतल र स्पास्मो प्रोक्सिभन-११४ क्याप्सुल बरामद गरेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ । 

 पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएकाे छ ।