उदयपुर / लागूऔषध मुद्दामा फरार रहेका दुई अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला अदालत उदयपुरले २०७० भदौ १८ गते दोषी ठहर गर्दै १ महिना कैद र ३ हजार जरिबाना फैसला गरेपछि फरार रहेका अनुप खड्का र नाम्सु आलेलाई प्रहरीले पक्राउ गरेको हो ।
चौदण्डीगढी नगरपालिका–७ का २५ वर्षीय खड्का र चौनपा–६ का २२ वर्षीय आलेलाई इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले उनीहरूको घरबाटै बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका फरार अभियुक्तलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुर पठाएको जिप्रका उदयपुरले जनाएको छ ।