धरान / इलाका प्रहरी कार्यालय धरानले ठूलो परिमाणको लागु औषध सहित एक जनालाई धरान–७ बाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४३ बर्षीय स्थानीय किसन श्रेष्ठ रहेकोइलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । धरान उपमहानगरपालिका वडा नं ७ पानवारी बस स्टेशनबाट विशेष सूचनाको आधारमा चेक जाँचको क्रममा विभिन्न परिणामको लागुऔषध सहित उनलाई सशस्त्र प्रहरी बल धरानको टोलीले पक्राउ गरेको थियो ।
सशस्त्रका डिएसपी सुमन पोखरेलकोकमाण्डमा खटेको टोली उनलाईपक्राउ गरेको हो । हिजो साँझ ७जबे उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय धरानमा बसझाइएको छ ।
श्रेष्ठको साथबाट कोरेक्स ७ बोतल, स्पास्मोप्रोक्सीवन २४ पत्ता, नाइट्रोजन २ सय ६० थान तथा नगद १ लाख ९६ हजार एक सय बरामद भएको छ ।