ब्लाष्टखबर । मोरङको बिराटनगर महानगरपालिका-१६ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर-३ का ३५ बर्षीय राजु श्रेष्ठलाई डाइलेक्स डि.सी. १० बोतल , एसपी ७२ चक्की र निट्राभेट १५ चक्की सहित पक्राउ गरेको हो ।
प्रदेश १-०२-०४० प ५०२७ नम्बरको मोटरसाईकलमा सवार रहेका श्रेष्ठलाई चेकजाँच गर्दा उक्त परिणामको नियन्त्रीत लागुऔषध बरामद भएको र निजको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।