ब्लाष्टखबर । मोरङको बिराटनगर महानगरपालिका-१६ बाट लागूऔषध सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजे बिराटनगर महा-नगरपालिका-७ का २० बर्षीय आनन्द कुमार पासवानलाई १०० एमएल को ३९ बोतल प्रतिबन्धीत लागुऔषध डाईलेक्स डि.सी. सहित पक्राउ गरेको हो ।

पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।