ब्लाष्टखबर । विराटनगर महानगरपालिका ६ शिव मन्दिर नजिकै बेवारिसे अवस्थामा एक पुरूषकाे शव फेला परेकाे छ । महानगरकाे ६ नम्बर वडा कार्यलय समेत रहेकाे उक्त स्थान नजिकै परिचय नखुलेकाे अन्दाजी ५० वर्षीय एक पुरूषकाे शव फेला परेकाे मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन्  । 

 नालीमा डुबिरहेको अवस्थामा उक्त शव फेला  परेपछि घटनाको अनुसन्धान सुरु गरिएको राईले बताएका छन्। शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ ।