श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार २८ गते आइतबार, १२ जुलाई २०२० । श्रावण कृष्णपक्षको सप्तमी तिथि १४ः५२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरभाद्रपदा ०८ः२६ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः१६ र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
प्रेम सम्बन्धमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बन्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सही निर्णय लिनसके सफलता हात पर्नेछ । सानातिना काममा अल्झिनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्रामा कठिनाइ उत्पन्न हुनेछ । तनाव उत्पन्न हुने देखिन्छ । स्वास्थ्यमा गडबडी हुनसक्ला  ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारिक क्षेत्रमा क्रमिक सुधार आउनेछ । अवसरका बाटाहरू खुल्नेछन् । परिश्रमअनुरूप फल प्राप्तिको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आय आर्जन हुने देखिन्छ । तनाव क्रमशः घट्दै जाने योग छ । विशेष परिस्थितिको सामना गर्नुपर्ला  ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको थालनी नगर्दा उत्तम होला । किनकि आर्थिक कारोबारमा व्यवधान आइपर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक कारोबारमा सफलता मिल्नेछ । मित्रजनबाट विशेष सहयोग मिल्नेछ । मिष्ठान्न भोजनको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेममा सफलता मिल्नेछ । पारिवारिक भेटघाटले मन प्रसन्न रहला । यात्रामा चोटपटकको भय देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भाग्यले विभिन्न अवसर जुराउनेछ । पति–पत्नीबीच सामान्य तनाव उत्पन्न हुने देखिन्छ । यात्रा कष्टप्रद होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक कार्यमा मन जानेछ । घरबाहिर कतै जाने योग छ । मन प्रसन्न रहनेछ । साथीभाइको सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरमा अतिथिको आगमनले दिनभर व्यस्त भइएला । कृषि क्षेत्रमा समस्या उत्पन्न देखिन्छ । लगानी घट्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रामा समस्या आउनेछ । मानसिक तनावले दिन कष्टकर रहला । आयआर्जनका स्रोतहरू ठप्प हुने देखिन्छ ।