श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन १ गते बिहीबार, १६ जुलाई २०२० । श्रावण कृष्णपक्षको एकादशी तिथि २१ः५६ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र कृतिका १८ः०७ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ५ः२० र सूर्यास्त ६ः५९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । साथीभाइको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । विभिन्न स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । बैङ्किङ क्षेत्रमा गरेको लगानीबाट विशेष लाभ मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छा आकाङ्क्षा पूरा हुनेछन् । माया–प्रेमको सम्बन्ध विस्तार होला । आफन्तको सहयोग प्राप्त भइरहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शैक्षिक क्षेत्रबाट सोचेअनुसारको सफलता मिल्ला । पढाइ लेखाइमा बाधा आइपर्ला । अपरान्हतिर शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभ कार्यको चर्चा चल्नेछ । नयाँ रोजगारको अवसर मिल्ला । कार्य व्यवसायमा सफलता मिल्नेछ ।