श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २ गते शुक्रबार, १७ जुलाई २०२० । श्रावण कृष्णपक्षको द्वादशी तिथि २२ः५३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र रोहिणी १९ः४८ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः२० र सूर्यास्त ६ः५९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झटमा फसिएला । आफन्तजनबाट धोका होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित भेटघाट र रमाइलोमा दिन बित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय होला । सवारी साधनको प्रयोगमा सावधान रहनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । बहुमूल्यवस्तु उपहार प्राप्त होला । घरपरिवारमा नया“ सदस्यको आगमन हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य–व्यवसायमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु होलान् । लाभदायी यात्रा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । धार्मिक कार्यमा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।