शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन ३ गते शनिबार, १८ जुलाई २०२० । श्रावण कृष्णपक्षको त्रयोदशी तिथि २३ः२८ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र मृगशिरा २१ः०० बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः२० र सूर्यास्त ६ः५८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सयम सामान्यखालको छ । कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा, सत्कार सेवा गर्ने अवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् । कार्य–व्यवसायमा सफलता मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  
समय सामान्यखालको छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहनेछ ।