श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन ५ गते सोमबार, २० जुलाई २०२० । श्रावण कृष्णपक्षको औंसी तिथि २२ः४४ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पुनर्वशु २१ः५४ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः२२ र सूर्यास्त ६ः५८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट एवम् खानपिन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विद्या र बुद्धिको विकास हुनेछ । परिश्रम गरेअनुसार सफलता मिल्ला । धार्मिक सभा सम्मेलनमा सहभागी भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभ कार्यको चर्चा चल्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न हुने योग परेको छ । बिछोडिएका साथीभाइहरूसित भेटघाट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । दबाव र तनाव बढेको अनुभव होला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
माङ्गलिक कार्यको योजना बन्नेछ । धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । रमाइलो यात्राको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दबाव र तनाव बढेर जानेछ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । लाभदायी यात्रामा सरिक भइएला ।