श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन ६ गते मङ्गलबार, २१ जुलाई २०२० । श्रावण शुक्लपक्षको प्रतिपदा तिथि २१ः४३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र तिष्य २०ः५९ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः२२ र सूर्यास्त ६ः५८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धातु तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) शुभ कार्यको चर्चा चल्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा, सत्कार गर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ  । आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । बहुमूल्य वस्तु उपहारमा प्राप्त होला । शुभ समाचार सुन्न पाइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम्खालको छ । पारिवारिक जीवनमा केही उतार चढाव आउला । दुःखद् समाचारले मन खिन्न होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनु पर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धातु तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुने समारोहमा सरिक भइनेछ ।