श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन ७ गते बुधबार, २२ जुलाई २०२० । श्रावण शुक्लपक्षको द्वितीया तिथि २०ः१७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र आश्लेषा २०ः५९ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि ककर्ट, सूर्योदय ५ः१३ र सूर्यास्त ६ः५८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म परोपकार तथा समाज सेवामा मन जानेछ । मित्रजनको साथ र समर्थन प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । रोकिएका कामकाजहमरु सुचारु हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमाइलो वातावरणमा दिन वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा मामिलामा तपाइको विजय होला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ । सामाजिक कामको सक्रिय भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरिर अस्वस्थ्य रहला । सवारी साधन तथा हतियारको प्रायोगमा सावधानी अपनाउनु होला । अशुभ समाचार सुन्न पर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको सहयोग प्राप्त भइरहला । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय मध्यमखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गुर्नपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक सभा सम्मेलनमा सहभागी हुने अवसरमिल्ला । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट हुनेछ ।