श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन ११ गते आइतबार, २६ जुलाई २०२० । श्रावण शुक्लपक्षको पष्ठी तिथि ११ः४५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र हस्त १५ः३३ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः२४ र सूर्यास्त ६ः५६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्न सक्छ । आर्थिक संकट आइपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नया स्रोतहरु फेलापर्नेछन् । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । नया कार्यको शुभारम्भ होला । शुभ समाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
माया प्रेमको सम्बन्ध विस्तारमहोला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक संकटको सामना गर्नुपर्ला । गरिराखेको कार्य व्यवसायबाट मन अघाउन सक्छ । शरिर अश्वस्थ् रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । विभिन्न धार्मिक आर्थिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय मध्यम खालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । आर्थिक संकटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । कार्य सम्पाद नमा सफलता मिल्ला ।शुभ समाचार सुन्न पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चादी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइको सहयोग प्राप्त भइरहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक एवं सामाजिक कार्यक्रममा संलग्न भइएला ।समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । राजनेीतक क्षेत्रमा तपाइको उच्च स्थान रहला । शुभ समाचार सुन्न पाइएला ।