श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन १३ गते मङ्गलबार, २८ जुलाई २०२० । श्रावण शुक्लपक्षको अष्टमी तिथि ०६ः४९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र स्वाती १२ः१५ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः२६ र सूर्यास्त ६ः५३ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नयाँ कार्य–व्यवसायको योजना बन्नेछ । काम गर्ने जा“गर र हिम्मत बढ्ला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय उत्तमखालको छ । शुभकार्यको चर्चा चल्नेछ । विभिन्न व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीरमा स्फूर्ति र उम· छाउला । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । फलदायी यात्राको अवसर मिल्नेछ । शुभसमाचार मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु होलान् । लाभदायी यात्रा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । धार्मिक तथा सामाजिक कामको अगुवाइ गर्ने अवसर मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । बन्न लागेको काममा बाधा आइपर्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।