श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन १५ गते बिहीबार, ३० जुलाई २०२० । श्रावण शुक्लपक्षको एकादशी तिथि २४ः०० बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अनुराधा ९ः२६ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः२७ र सूर्यास्त ६ः५२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बन्धु बान्धवहरूबाट विशेष सहयोग मिल्ला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
प्रेम र मित्रताको बन्धन कसिनेछ । शरीरमा स्फूर्ति र उम· छाउला । नयाँ अवसर आउनाले मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ कार्यको चर्चा चल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । शुभकार्यको चर्चा चल्नेछ । विभिन्न व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीरमा स्फूर्ति र उम· छाउला । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नया“ कार्य–व्यवसायको योजना बन्नेछ । काम गर्ने जाँगर र हिम्मत बढ्ला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।