श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २६ गते सोमबार, १० अगष्ट २०२० । भाद्र कृष्णपक्षको सप्तमी तिथि २४ः०० बजेसम्म(अहोरात्र), उप्रान्त सप्तमी, नक्षत्र अश्विनी २०ः५० बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः३३ र सूर्यास्त ६ः४४ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । बैङ्किङ क्षेत्रमा गरेको लगानीबाट अधिक लाभ मिल्नेछ । रमाइलो वातावरणमा दिन बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य सम्पादनमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तजनको सहयोग प्राप्त भइरहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । फलदायीे यात्राको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ कार्यको चर्चा चल्नेछ । आ“टे ताकेको काम सहजै सम्पन्न होला । साथीभाइको सहयोग प्राप्त भइरहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । सानो कामबाट ठूलै उपलब्धि हासिल होला । धार्मिक सभा सम्मेलनमा सहभागी भइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तम देखिन्छ । धार्मिक एवम् सामाजिक कार्यक्रममा संलग्न भइएला । शुभसमाचार प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ ज्ञान सक्निे मौका मिल्नेछ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । फलदायी यात्रा हुने योग परेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीहरूस“ग भेट हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यम् खालको छ । शरीर अस्वस्थ रहला । चोटपटक तथा दुर्घटनाको भय रहनेछ । कामकाजमा बाधा होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला । मित्रमिलनको योग परेको छ । फलदायी यात्रा होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्नेछ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला । आर्थिक सङ्कट पर्नेछ ।