श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २७ गते मङ्गलबार, ११ अगष्ट २०२० । भाद्र कृष्णपक्षको सप्तमी तिथि ०६ः१९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र भरणी २३ः१७ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः३३ र सूर्यास्त ६ः४३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक एवम् सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । बहुमूल्य वस्तु उपहारमा प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मित्रमिलनको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । धार्मिक कार्यक्रममा संलग्न भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा विशेष सावधान हुनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तम देखिन्छ । धार्मिक एवम् सामाजिक कार्यक्रममा संलग्न भइएला । रमाइलोमा दिन बित्नेछ  ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ ज्ञान सक्निे मौका मिल्नेछ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । फलदायी यात्रा हुने योग परेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीहरूसँग भेट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यम् खालको छ । शरीर अस्वस्थ रहला । चोटपटक तथा दुर्घटनाको भय रहनेछ । कामकाजमा बाधा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्नेछ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक सङ्कट पर्नेछ । खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला । मित्रमिलनको योग परेको छ ।