श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २९ गते बिहीबार, १३ अगष्ट २०२० । भाद्र कृष्णपक्षको नवमी तिथि ०९ः२१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रोहिणी २७ः१४ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः३४ र सूर्यास्त ६ः४१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्य देखिन्छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । अनावश्यक झमेला आइपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीभाइको सहयोग प्राप्त भइरहला । रमाइलो यात्राको अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । केही समस्या आइपर्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक एवम् सामाजिक कार्यक्रममा संलग्न भइएला । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सचारु हुनेछन् । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । महिला मित्रको विशेष सहयोग प्राप्त भइरहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीर अस्वस्थ रहला । पारिवारिक जीवनमा केही उत्तार–चढाव आउनेछ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बहुमूल्य वस्तु उपहार प्राप्त होला ।