भोजपुर / जिल्लाको षडानन्द नगरपालिका ९ किमालुङका अमृतबहादुर श्रेष्ठको घरमा आगलागी भएको छ । श्रेष्ठको घरमा बुधवार राती आगलागी भएको हो । आगलागीबाट ढुंगा माटोले बनेको श्रेष्ठको तीन तले टाडे घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक प्रदिप लामाले बताए । आगोले घरमा रहेको दुई लाख नगद, १५ मुरी मकै, २० क्विन्टल आलु, लत्ता कपडा, भाडावर्तन, काठपातलगायत सामाग्री जलेको पीडित श्रेष्ठले जानकारी दिए ।
राती लागेको आगो विहिवार विहान ४ बजे निभाईएको स्थानियले बताएका छन् ।