श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन ३० गते शुक्रबार, १४ अगष्ट २०२० । भाद्र कृष्णपक्षको दशमी तिथि १०ः३१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मृगशिरा ११ः२२ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः३६ र सूर्यास्त ६ः३९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । साथीभाइको सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
वस्त्र तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । मन प्रसन्न रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रमिलनको योग छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा मन जानेछ । बौद्धिक क्षमताले तपाईलाई उच्च स्थानमा पुर्याउला । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा स्नायुसम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । नोकरीमा मान सम्मान मिल्ला । दाम्पत्य जीवन सुखमय बित्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सन्तान सुख मिल्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । आर्थिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । दिन राम्रो छ ।