श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन  ३१ गते शनिबार, १५ अगष्ट २०२० । भाद्र कृष्णपक्षको एकादशी तिथि ११ः११ बजेसम्म, उप्रान्त द्वदशी, नक्षत्र आद्र्रा २९ः२२ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः३५ र सूर्यास्त ६ः३८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । अवरोध रहेका कामकाजहरू सुचारू हुनेछन् । मिष्ठान्न भोजन प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ । मन प्रसन्न रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला ।  आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्र मिलनको योग छ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन अध्यापनमा मन जानेछ । वौद्धिक क्षमताले तपाइलाई उच्च स्थानमा पु¥याउला । शुभ कार्यको चर्चा चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामन्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । नोकरीमा मान सम्मान मिल्ला । दाम्पत्य जीवन सुखमय वातावरणमा वित्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  
सन्तान सुख मिल्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । आर्थिक क्षेत्रमा सफलता मिल्ला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यत्तिहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । नया“ तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।