श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन ३२ गते आइतबार, १६ अगष्ट २०२० । भाद्र कृष्णपक्षको द्वादशी तिथि ११ः०१ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पुनर्वशु २४ः०० बजेसम्म(अहोरात्र), उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः३५ र सूर्यास्त ६ः३९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । शैक्षिक क्षेत्रबाट सोचे अनुसारको सफलता नमिल्ला । बन्न लागेको काममा बाधा आइपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा विशेष सफलता मिल्ला । राजनैतिक क्षेत्रमा तपाईको उच्चस्थान रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । सानो कामबाट विशेष धन आर्जन गर्न सकिएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटले निकै सताउला । दिनको उत्तराद्र्धतिर शुभ छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका साथीभाइहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । आर्थिक भार थपिएला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइको सहयोग प्राप्त भइरहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा ताथ स्थानान्तरण हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । नयाँ कार्य–व्यवसाय शुभारम्भ हुनेछ । दाम्पत्य जीवन सुखमय वातावरणमा बित्ला ।