श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ १ गते सोमबार, १७ अगष्ट २०२० । भाद्र कृष्णपक्षको त्रयोदशी तिथि १०ः३१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पुनर्वशु ५ः४१ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः३६ र सूर्यास्त ६ः३८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य– व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरूको काममा समय दिनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्रमिलन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम्खालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । रमाइलोमा दिन बित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । नपत्याएका व्यक्तिहरूबाट विशेष सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । गरेको काममा सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा हर्ष, उम· र उत्साह छाउला । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । शैक्षिक क्षेत्रमा खासै मन नजाला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठूला व्यक्तिका सहयोग प्राप्त भइरहला । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । मन प्रसन्न रहला ।