श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ २ गते मङ्गलबार, १८ अगष्ट २०२० । भाद्र कृष्णपक्षको चतुर्दशी तिथि ०९ः३३ बजेसम्म, उप्रान्त आंैसी अश्लेषा ०८ः५८ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः३६ र सूर्यास्त ६ः३८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक यात्राका योग छ । नयाँ कार्य– योजनाको तय हुनेछ । लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विपरीत लिङ्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय सामान्यखालको छ । अनावश्यक ठाउँमा धन खर्च होला । मौसम अनुकूल नहु“दा स्वास्थ्यमा बाधा होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्या र बुद्धिको विकास हुनेछ । आजको दिनबाट नयाँ कार्यको शुभारम्भ हुनेछ । शुभ समाचारले मन प्रसन्न हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । धन आर्जनको नयाँ स्रोत पत्ता लाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा उच्च स्थान रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइको सहयोग प्राप्त भइरहला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । दिनको उत्तराद्र्धतिर शुभ समाचार सुन्न पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभाव बढ्नेछ । मित्र तथा आफन्तहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । नया“ कार्य–योजना कार्यान्वयनमा ल्याउन सफल भइएला । मन प्रसन्न बन्नेछ ।