श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ ३ गते बुधबार, १८ अगष्ट २०२० । भाद्र कृष्णपक्षको औंसी तिथि ८ः९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मघा २८ः१ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः३७ र सूर्यास्त ६ः३६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । नोकरीमा मान सम्मान मिल्ला । दाम्पत्य जीवन सुखमय वातावरणमा बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा मन जानेछ । बौद्धिक क्षमताले तपाईंलाई उच्च स्थानमा पु¥याउला । शुभ कार्यको चर्चा चल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा नसासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । लाभदायी यात्राको अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्रमिलनको योग छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।