श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ ४ गते बिहीबार, २० अगष्ट २०२० । भाद्र शुक्लपक्षको प्रतिपदा तिथि ६ः२५ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वफाल्गुनी २६ः४७ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः३७ र सूर्यास्त ६ः३५ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । मिष्ठान्न भोज प्राप्त हुने समारोहमा सरिक भइएला । रमाइलो वातावरणमा दिन बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । शुभसमाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ । लाभदायी यात्रा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । सरकारी निकायबाट विशेष सम्मान मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा उत्तार–चढाव आउला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । मन प्रसन्न रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहनेछ । फलदायी यात्राको योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक जीवनमा खुसीयाली छाउला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।