श्री शालिवाहनीञय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ ५ गते शुक्रबार, २१ अगष्ट २०२० । भाद्र शुक्लपक्षको तृतीया तिथि २३ः०८ बजेसम्म, उप्रान्त चतुर्थी नक्षत्र उत्तरफाल्गुनी २३ः१५ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः३८ र सूर्यास्त ६ः३४ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कार्य–व्यवसायमा सफलता मिल्ला । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइ रहनेछ । मन प्रसन्न रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । रमणीय स्थानको भ्रमण हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
पठन–पाठन तथा लेखनकार्यमा मन जानेछ । नयाँ कार्यको शुभारम्भ हुनेछ । सेवामूलक कार्यमा संलग्न भइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मातृपक्षको विशेष सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । समाजका गन्यमान्य व्यक्तिसित भेट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । सानो कामबाट ठूलै उपलब्धि हासिल गर्न सफल भइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । सानो प्रयासबाट ठूलै उपलब्धि मिल्ला । मन प्रसन्न रहनेछ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशुचौपायादिको व्यापार–व्यवसायमा मन जानेछ । पारिवारिक सहयोग प्राप्त भइ रहला । मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा होला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।