भद्रपुर / झापामा बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा साविक राजगढ ६ हाल बाह्रदशी गाउँपालिका निवासी नरप्रसाद पनेरु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुद्धकुमार श्रेष्ठको जाहेरीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसला बमोजिम पनेरुलाई चार दिन कैद र तीन लाख ३९ हजार ७ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
फरार रहेका पनेरुलाई खोजतलाशको क्रममा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार झापा गाँउपालिका ६ बाट पक्राउ गरेको थियोे । पनेरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।