धरान / लागुऔषध भण्डारण गरि बिक्री बितरण गर्ने गरेको भन्ने बिशेष सुचनाका आधारमा हिजाे धरानबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  धरान उपमहानगरपालिका –१० का २४ बर्षीय प्रतिक दाहाललाई पक्राउ गरेको हो ।

उनको कोठाबाट प्रहरीले रातो रङगको बजारे (हाते) झोला भित्र डाइजेल्याप २२ एम्पुल, फेनिरामाइन एम्पुल, लुपिजेसिक २२ एम्पुल गरि जम्मा ६६ एम्पुल (२२ सेट) लागूऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनललाई आज जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्धाको अनुसन्धानको लागि म्याद थप भई अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।