ब्लाष्टखबर । आइतबार प्रदेश १ मा ५५७ जना कोरोना संक्रमितहरु थपिएका छन् । जसमा माेरङका २५०, सुनसरीका ११८ जना, झापामा १२४ जना, उदयपुरमा १३ जना, धनकुटामा ६ जना, , धनकुटामा ९ जना, इलाममा ८ जना, भोजपुरमा १ जना र अन्य प्रदेशका २८ जना रहेका छन् ।
याेसंगै प्रदेश १ मा काेराेना संक्रमितकाे कुल संख्या संख्या १६ हजार ९९० पुगेकाे छ ।
संक्रमित हुनेहरूमा सबै भन्दा धेरै विराटनगरमा ९२ पुरुष र ५९ महिला गरि १५१ जना रहकाे प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।
५० भन्दा माथी संक्रमित हुने पालिका मध्ये सुनसरीकाे इटहरीमा २५ महिला र ४४ पुरूष गरी ६९ जना, झापकाे दमकमा २७ महिला र ४१ पुरूष गरी ६८ जना रहेका छन् ।

आज प्रदेश १ मा ४७६ जना काराेना संक्रमित निकाे भइ डिस्चार्ज भएका छन् । हाल सम्म प्रदेश १ मा ७ हजार ९६१ जना डिस्चार्ज भइसकेका छन्।
आज थप ९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । भने हालसम्म १५० जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएको छ ।