श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ २२ गते बिहीबार, ४ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ कृष्णपक्षको अष्टमी तिथि १०ः३० बजेसम्म, उप्रान्त नवमी तिथि, नक्षत्र विशाखा १८ः४७ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः४८ र सूर्यास्त ५ः४७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय राम्रो रहेको छ । कामकाज पूर्ण हुनेछन् । मनमा जोस, जाँगर बढ्नुका साथै मन प्रसन्न रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा खेलकुदतिर मन जानेछ । राजनैतिक क्षेत्रबाट सफलता मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । तपाईंको सामान हराउन अथवा चोरी हुन सक्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । फलदायी यात्रा होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज शरीर भारी र मन अस्थिर रहने देखिन्छ । नया“ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरूलाई प्रभावित पारेर काम सफल पार्न सकिनेछ । यात्रा सफल होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका अधुरा कामकाज पूरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । प्रतिस्पर्धामा सफलता मिल्ने योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठित काम गर्ने अवसर मिल्ने समय छ । दूरदराजमा रहेका आफन्तजनस“ग सुमधुर सम्बन्ध कायम हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा अवरोध सिर्जना हुनसक्ने सम्भावना रहेकोले कठिनाइको सामना गर्नुपर्नेछ । खानपानमा विचार प¥याउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । शुभसमाचार सुन्न पाइएला । धार्मिक क्षेत्रमा मन जानेछ ।