श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल फागुन १७ गते सोमबार, १ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुण कृष्णपक्षको द्वितीया तिथि :५६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरफाल्गुनी :५४ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६:२८ र सूर्यास्त ६:०४ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर र व्यवधानका बीचबाट कर्मफल हात पार्न सफल भइनेछ। अरुको विश्वास जित्न केही समय लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । समय राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले सम्मानित स्थान दिनाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागि हुनेछ । सहयोगीहरूले साथ दिनाले चिताएको काम पुरा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुटाउन सकिनेछ। केही खर्च बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयमा आलश्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर भने प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) खर्च लागे पनि काम बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामकाे पस््र ताव आउनछे भन े सहयागे ीहरू पश्र स्तै भेिटनछेन ्। विछाेिडएका परिवारजनसगँ भटेघाट हनुछे ।