श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  फागुन १८ गते मङ्गलबार, २ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन कृष्णपक्षको चतुर्थी तिथि ३ः१७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र चित्रा ३ः४४ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः२८ र सूर्यास्त ६ः०४ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। परिवारमा सुख सन्तोष छाउला । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सुःख दुःख बराबरी मध्यम खालको दिन छ। ठूलो कारोबारमा लगानी नगर्दा वेस हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रूची बढ्नेछ । व्यवसायमा उन्नती होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। आँटेका ताकेका कामहरू पूर्ण हुँदै जानेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरीरमा आलश्य आउला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अधि बढ्नेछ । विद्यामा सफलता पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा सफल भइएला । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफूले गरेका कार्यमा आत्मसन्तुष्टी प्राप्त हुनेछ । नसोचेको ठाउँबाट धनागमन हुने योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि सङ्धर्ष गर्नुपर्ला । आर्थिक  कारोबारमा मन्दी छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग मनमा सहयोग भाव आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

लाभदायक यात्रा रहला । महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।