श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  फागुन २० गते बिहीबार, ४ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुण कृष्णपक्षको षष्ठी तिथि २२ः१५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र विशाखा ००ः११ बजेसम्म, उप्रान्त अनुराशा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः२५ र सूर्यास्त ६ः०५ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

राजनैतिक क्षेत्रमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च लागे पनि कामबाट सकारात्मक सङ्केत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुनसक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा सफल भइएला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आँटे ताकेका कामहरू पूर्ण हुँदै जानेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आवश्यकता पूरा गर्न सरसापट लिनु पर्ला । दिगो कामको थालनी हुनेछ । प्रयत्न गर्दा यात्राको अवसर जुट्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बिहान विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा लक्षमा पुग्न सकिनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पहिलेका कामले धेरैको उपकार गर्न सकिनेछ । अरूको हातमा गएको रकम समयमै प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । समय राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यवसायबाट लाभ होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुख–दुःख बराबरी हुने देखिन्छ। ठूलो कारोबारमा लगानी नगरेकै राम्रो हुनेछ । दिन सामान्य छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज आफ्नै दक्षताबाट विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। परिवारमा सुख–सन्तोष छाउला ।