श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल फागुन २१ गते शुक्रबार, ५ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन कृष्णपक्षको सप्तमी तिथि २०ः१२ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अनुराधा २२ः५२ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः२३ र सूर्यास्त ६ः०६ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु पर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र, आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैदेशिक यात्राको योग रहेको छ । सोचेअनुरूप लाभ हुनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । सवारी साधन चलाउँदा विचार पु¥याएर चलाउनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम सम्बन्धमा समस्या आउनेछ । वैदेशिक यात्राको योग रहेको छ । सन्तानबाट सन्तुुष्टि प्राप्त होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरपरिवारको समस्याले गर्दा मानसिक चिन्ता बढ्न सक्छ । सोचेअनुरूप काम बन्ने छैन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । यात्रामा विशेष ध्यान दिनुहोला । दिन सामान्य छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार–व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ हुने योग छ । सबै क्षेत्रमा उन्नति प्रगति भएको महसुस हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम सम्बन्धमा रहनेको लागि समय राम्रो छ । वैदेशिक यात्राको अवसर आउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिनको कारोबारबाट हानि नोक्सानी हुनेछ । धन प्राप्त नहुँदा पछुतो हुनेछ । यात्रा कष्टकर होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ । केही असहज समय रहेको छ । सजग रहनुहोला ।